माघ ७, २०८१ सोमबार January 20, 2025

अर्गानिक खेती बढाउन चेम्बर अध्यक्षको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोट जिल्ला कृषि क्षेत्रले प्रख्यात रहेको भन्दै यसको विकासका लागि चेक्बरले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

चेम्बर अफ कमर्स नुवाकोटले हालै आयोजना गरेको बडा दशै तथा दिपावलको अवसरमा शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कृषिको विकासका लागि अर्गानिक खेतीमा जोड दिन पनि आग्रह गर्नुभयो ।

उहाले चीनको केरुङ नाका जाने बाटो भएकाले नुवाकोट जिल्ला व्यवसायिक हब बन्ने उल्लेख गर्दै अबका दिनमा नुवाकोटको भविष्य झन उज्वल बन्ने बताउनु भयो ।

चेम्बर नुवाकोटका अध्यक्ष कबिन्दमान प्रधानको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया