काठमाण्डौंः कैलाली लगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
उपमहानगरपालिकाले एक सूचना जारी धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।
अहिले दुई बजे धनगढीको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया