असार १५, २०८१ शनिबार June 29, 2024

भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो बाँड्दै सरकार

यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीको माग स्वतः खारेज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । एक सूचना जारी गर्दै केन्द्रले काठमाडौं उपत्यकामा कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई चुलोका लागि आवेदन दिन अनुरोध गरेको छ ।

एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । केन्द्रका अनुसार अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थी विद्युतीय चुलोका लागि प्राथमिकतामा पर्नेछन् । यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीको माग स्वतः खारेज हुने केन्द्रले जनाएको छ । त्यस्तै आवश्यक कागजात पेश नगरेका विद्यार्थीको माग पनि स्वतः खारेज हुनेछ ।

त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल फर्म भर्नुहाेस् । त्यसपछि यहाँ क्लिक गरेर केन्द्रलाई बुझाउने निवेदनको नमूना डाउनलोड गरी आवश्यकता अनुसारको विवरण भर्नुपर्ने हुन्छ ।

यति गरेपछि यहाँ क्लिक गरेर शैक्षिक संस्थाको सिफारिस नमुना डाउनलोड गर्नुपर्ने हुन्छ । सो निवेदनमा क्याम्पस प्रमुखको हस्ताक्षर गराउनुपर्ने हुन्छ । त्यसपछि माथि उल्लेख गरिएका कागजात र अन्य विवरण ‘[email protected]’ ईमेलमा पठाउनुपर्ने हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री, ज्वालाकुमारी साह (अन्तवार्ता)
२०८१ असार १५, शनिबार
उपभोक्तामैत्री कानुन आवश्यक छ : मन्त्री गिरी
२०८१ असार १५, शनिबार
साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
२०८१ असार १५, शनिबार
बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे
२०८१ असार १५, शनिबार
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार