असोज २३, २०८३ शुक्रबार October 9, 2026

सामसङ ग्यालेक्सी एस २४ खरिद गर्दा ५ हजारमै ग्यालेक्सी बड्स एफई पाइने

यो अफर सामसङले प्रदान गर्दै आएको इन्स्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सामसङ ग्यालेक्सी एस २४ सिरिजको कुनै पनि मोडेल खरिद गर्दा पाँच हजारमै ग्यालेक्सी बड्स एफई पाइने भएको छ । कम्पनीले आफ्नो ग्राहकको अडियो अनुभवलाई स्तरीय बनाउन यस्तो अफर ल्याएको हो ।

ग्यालेक्सी बड्स एफईको बजार मूल्य १५ हजार रुपैयाँ रहेको छ । अब ग्यालेक्सी एस २४ खरिद गर्दा पाँच हजार थप गरियो भने बड्स एफई पाउन सकिनेछ ।

यसमा सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्डको विशेषता भएको कम्पनीले उल्लेख गरेको छ । यो अफर सामसङले प्रदान गर्दै आएको इन्स्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा लिन सकिनेछ ।

यसका लागि ग्राहकले आफ्नो नागरिकता र ग्राहकले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रुपैयाँ लिएर जानुपर्ने हुन्छ । यो अफर सोमबारदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया