भाद्र ६, २०८३ शनिबार August 22, 2026

सीजी कम्युनिकेसन्सको लाइसेन्स अनुमतिपत्र खारेज

सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वत: रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल दूरसञ्चार प्राधिकरणले सीजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।

प्राधिकरणबाट सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको हो। चौधरी ग्रुपको तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले लाइसेन्स खरिद गरे पनि सेवा सञ्चालन गरेको थिएन।

देशका सबै ठाउँमा नेटवर्क विस्तार गर्ने आभारभूत लाइसेन्स मागिरहेको चौधरी ग्रुपले सरकारबाट सो नपाएपछि ग्रामीण दूरसञ्चार सेवा मात्रै सञ्चालन नगरेको हो।

२००३ नोभेम्बर २१ मा चौधरी ग्रुपले लिएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र तोकिएको अवधिभित्र नवीकरण नगरेकाले स्वत: खारेज भएको प्राधिकरणले जनाएको छ।

‘नवीकरणका लागि दूरसञ्चार नियमावली ५०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेस नगरेकाले सीजी कम्युनिकेसन्सको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ देखि स्वत: रद्द भएको छ,’ प्राधिकरणले भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार