वैशाख १५, २०८१ शनिबार April 27, 2024

सिन्धुली अस्पतालमा एक महिलाको मृत्यु, कोरोना परीक्षणका लागि स्वाव काठमाडौं पठाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली । उपचारका लागि आएकी एकजना महिलाको सिन्धुली अस्पतालमा मृत्यु भएको छ ।

मृतक महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालको इमेर्जेन्सीमा हिजो साँझ ५ बजेतिर आएकी थिइन् । घ्याङलेक गाउँपालिका १, सिम्लेबाट आएकी २१ वर्षीया महिलाको साँझ ६ बजेतिर निधन भएको अस्पतालका कोरोना फोकलपर्सन डा. प्रशन्न राजभण्डारीले जानकारी दिएका छन ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि आजै काठमाडौं पठाएको डा. राजभण्डारीले बताएका छन । उनको मृत्यु के कारणले भयो भन्ने कुरा रिपोर्ट नआइ भन्न नसकिने उनले बताएका छन ।

महोत्तरीको पाटु घर भएकी ती महिलाको माइती भने घ्याङ्गलेक हो । मृतक महिलाको शव भने आफन्तहरुले बुझेर अस्पतालबाट लगेको डा। राजभण्डारीले बताएका छन ।

‘मृतक महिला बिहीबार साँझ अस्पतालको इमेर्जेन्सीमा आइकी हुन् । आइसोलेसनमा भर्ना भएको बिरामी भने होइन’ डा राजभण्डारीले भने ।

असार ३ गते पाटुबाट सिन्धुलीको माइतीघरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको चिकित्सकको भनाइ छ । ‘अस्पतालमा बिरामी ल्याउँदा ज्वरो आएको तीन–चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई बचाउन सकिएन’ उनले भने ।

मृतक महिलाको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । राजभण्डारीका अनुसार, मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टर लगायत कर्मचारीलाई क्वारेन्टाइनमा सुरक्षित बस्न भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया