असार २६, २०८२ बिहिबार July 10, 2025

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये ७ महिला र २८ पुरुष रहेका छन् । डोटीका २५, कैलालीको सात र बैतडीको तीनजनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन ।

यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार ७०२ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया