असार २६, २०८२ बिहिबार July 10, 2025

थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ११,७५५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । उनको पहिचान गर्ने र परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एकरएक जनामा संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

उनीहरूमध्ये २७ जनाको मृत्यु भएको छ । दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया