काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल क्लबले पुर्व खेलाडीलाई सम्मान गरेको छ ।
शनिबार क्लबमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राजेश प्रजापतिले सन् १९८८ मा लस एन्जलमा सम्पन्न भएको ओलम्पिक खेलमा कास्य पदक बिजेता विधान लामालाई सम्मान गरिएको । कार्यक्रममा अध्यक्ष प्रजापतिले सगुन ,फुलमाला र खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
यस्तै कार्यक्रमा अर्का खेडाली शुद्योधनमान रञ्जितलाई पनि सम्मान गरिएको थियो । रञ्जितलाई अमेरिकी प्रहरीले झुठो आरोप लगाउँदै मुद्दा दर्ता गरेको भएपनि त्यहाको सर्वोच्च अदालतले असत्य सावित गरेपछि उहाले सफाई पाउनु भएको थियो ।
जैशीदेवल निवासी रञ्जितलाई लगाइएको आरोप असत्य भएको र अमेरिकी अदालतले नै सफाई दिएकाले सत्यको जीत भएको भन्दै क्लबले सम्मान गरेको जनाएको छ ।
तेक्वान्दो खेलबाट नेपालको नाम राख्न सफल खेलाडीको पक्षमा अमेरिकी अदालतले निर्णय गरेको र त्यो सत्यको पक्षमा रहेको भन्दै रञ्जितले न्याय पाएको अध्यक्ष प्रजापतिले कार्यक्रममा जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया