काठमाण्डाैंः नागरिकता संशोधन विधेयक विरुद्ध प्रदेश २ को प्रदेशसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टीका प्रदेश सांसद शैलेन्द्र कुमार यादवले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन्।
प्रदेश नम्बर दुईको शनिबार बसेको प्रदेशसभा बैठकमा नागरिकता संशोधन विधेयक बिरुद्ध सार्वजनिक महत्वको प्रस्ताव पेश भएपछि छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन्।
प्रदेशसभामा प्रदेशसभा सदस्य शैलेन्द्र यादवले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने सम्बन्धी सार्वजनिक महत्वको सुुझाव सहितको प्रस्ताव प्रस्तुत गर्नु भएपछि छलफल गर्ने क्रममा अधिकांश प्रदेशसभा सदस्यहरुले यो संशोधन विधेयक नेपाल भारत बिचको सम्बन्ध बिगार्ने प्रयास स्वरुप ल्याइएको आरोप लगाएका थिए ।
छलफलमा भाग लिदै नेपाली कांँग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादवले नागरिकता संशोधन विधेयकले देशमा द्वन्द्व निम्त्याउने तर्फ सचेत गराउनुभयो । उहाँले खोक्रो राष्ट्रवादको नारा दिएर यो संशोधन विधेयक ल्याउनु नै विभेदकारी कदम रहेको बताए ।
त्यसैगरी प्रदेशसभा सदस्य सरिता साहले सामाजिक, पारिवारिक तथा सांस्कृतिक सम्बन्ध खल्बल्याउनका लागि यो विधेयक ल्याइएको आरोप लगाईन् । प्रदेशसभा सदस्य रामअशिष यादवले यस प्रकारको गैर संवैधानिक विधेयकले देशको अर्थतन्त्र पनि धराशायी हुने तर्फ सचेत गराए । उनले दुबै छिमेकी संग सम्बन्ध सुमधुर बनाउनुको साटो एउटा छिमेकीसंग नजिकिने र अर्को छिमेकीसंग सम्बन्ध बिगार्ने खेल भई रहेको आरोप समेत लगाएका छन् ।
शनिबारको बैठक शुरु हुनु अघि राजु सदाको मृृत्युको कारण पत्ता लगाउन संसदीय छानविन समिति गठन हुनु पर्ने केही प्रदेशसभा सदस्यहरुले माग गरेका थिए । उक्त बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने सम्बन्धी सार्वजनिक महत्वको सुझावसहितको प्रस्ताव प्रदेश दुईको प्रदेशसभामा बहुमतले स्वीकृत भएको प्रदेश २ का सभामुख सरोज यादवले घोषणा गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया