असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले निजी विद्यालय सञ्चालकलाई वार्तामा बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकार र निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनबीच तनाब बढ्न थालेपछि सरकारले सरोकारवाला निकायलाई वार्तामा बोलाएको छ ।

केही निजी ठुला विद्यालयका कारण पुरानो शुल्क र नयाँ भर्ना गरी शिक्षण संस्था सुचारु गर्ने विषयमा सरकारसँग तनाव भएपछि सरकारले विद्यालय सञ्चालकलाई वार्तामा बोलाएको हो ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको ठाडो निर्देशनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले दुई निकायलाई वार्तामा बोलाएका हुन् ।

अपरान्ह ४ बजेदेखि शिक्षा मन्त्रालयमा हुने भनिएको वार्तामा सिफ्ट गरी विद्यालय सञ्चालन गर्ने, वक्यौता उठाउने, नयाँ भर्ना लिन प्रकृया शुरु गर्ने लगायतका विषयमा छलफल हुने बताईएको छ ।यद्दपी छलफल पछि प्याब्सन र एन प्याब्सनले थप रणनीति तय गर्ने भएका छन् ।

वार्तामा प्याब्सन, एन प्याब्सन र मन्त्रालयका अधिकारीको सहभागिता हुने बताईएको छ । दुई निकायले सरकारले माग पुरा नगरे विद्यालय बन्द गर्ने सम्मको चेतावनी दिने तयारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार