बैसाख २६, २०८३ शनिबार May 9, 2026

अवैध बुद्धचित्तको मालासहित स्वयम्भूबाट एकजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाण्डौँको स्वयम्भु बडेगालका सरोज तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७ सय ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्थित घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो ।

सानो माला ४ सय १६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
२०८३ बैसाख २६, शनिबार
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
२०८३ बैसाख २६, शनिबार