कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

२५ वर्षीय  अनुभव अग्रवाल दाङ प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, ६ कात्तिकः अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा  भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय  अनुभव अग्रवाल छन् । अग्रवाललाई  कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, चारखम्बाबाट पक्राउ गरेको जनाएको छ ।

बरामद गरिएका पटाकाको बजार मूल्य रु दुई लाख १० हजार १३६ बराबरको रहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया