असार २०, २०८२ शुक्रबार July 4, 2025

सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मको लागी सूचना टाँसेर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।  आईतबार अपरान्ह तीन बजेका लागि बस्ने भनिएको बैठक अचालनक स्थगित भएको हो । सभामुखको आदेश बमोजिम प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको थियो । अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको प्रदेशसभाका सचिव राम धामीले बताए ।

 प्रतिपक्ष दलले सरकारसँग छलफल नगरेकाले फेरि अवरोध भए बैठक बसे पनि परिणाम नआउने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख अर्जुनबहादुर थापाले बताए । सरकारसँग असहमति जनाउँदै प्रतिपक्ष काँग्रेसले दुई दिन सदन अवरोध गर्दै आएको छ ।

सरकारसँग प्रतिपक्षले छलफल गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने उनले बताए। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफल गर्न असार १० गते बोलाइएको छैठौं अधिवेशनको १९ औं बैठक प्रतिपक्षको अवरोधपछि स्थगित भएको थियो।

असार १२ गतेका लागि बोलाइएको बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध जनाएपछि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद भरत खड्काले छलफल गर्ने विषयमा सरकारले चासो नै नदेखएको बताए। कोरोनालाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग राखिएको उनले बताए। क्वारेन्टिन व्यवस्थापन, कोरोना परीक्षण, उपचारमा सरकार गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार