असार २६, २०८२ बिहिबार July 10, 2025

‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ ।

अहिलेसम्म कोभिड-१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही प्रतिष्ठित व्यक्तिले नै कोभिड-१९ सर्दैन भनेर भाइरस रिमुभिङ कार्ड प्रयोग गरेकाले त्यसो नगर्न आग्रह गर्नुभएको हो । उहाँले त्यस किसिमको कार्डलाई सरकारले स्वीकृत नदिएकाले भ्रममा नपर्न समेत अनुरोध गर्नुभएको छ ।

उहाँले जनताको भावनालाई बहकाएर व्यक्तिगत स्वार्थका लागि जनस्वास्थ्यमाथि खेलबाड हुने गरी यस्तो किसिमका गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याई कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

“भाइरस रिमुभिङ कार्ड पत्ता लागेको र यो घाँटीमा लगाउने बित्तिकै कोभिड-१९ लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ”, मन्त्रालयका प्रवक्ता गौतमले भन्नुभयो, “यस किसिमको भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन ।

कोभिड–१९ रोक्न यस्तो किसिमको विधि र प्रक्रिया नै शुरु नभएको व्यहोरासमेत जानकारी गराउँछौँ ।” उहाँले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वका वैज्ञानिक रातदिन विभिन्न खोज गरिरहेकाले त्यो खोज पत्ता लाग्ने बित्तिकै स्वास्थ्य मन्त्रालयलाई जानकारी हुने खालका विज्ञहरुको संयन्त्रसमेत रहेको जानकारी दिनुभयो ।

उहाँले भाइरस रिमुभिङ कार्डका नाममा कसैले कार्ड बनाउने वा विदेशबाट ल्याउने व्यापार गर्ने प्रयोगका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिको घाँटीमा विभिन्न तरिकाले झुन्ड्याउने र प्रचारबाजी गर्ने देखिएकामा मन्त्रालय चिन्तित रहेको बताउनुभयो ।

उहाँले त्यस किसिमका कार्डमा प्रयोग भएको रसायनले मुटु, फोक्सो, कलोजो लगायतका अङ्गमा असर गरी स्वास्थ्यमा गम्भीर असर पार्ने समेत बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा गौतमले कोभिड–१९ को बेला विभिन्न व्यक्ति र समूहले निहित स्वार्थमा रहेका र विभिन्न भ्रम गर्ने-गराउने जस्ता कार्य गरिरहेकाले सचेत रहनसमेत सबैमा आग्रह गर्नुभयो ।

“भाइरस रिमुभिङ कार्ड विधिको प्रयोग भएको भए अहिले विश्वभर यति धेरै कठिनाइ हँुदैन्थ्यो होला । यस्तो किसिमको विधिको खाँचो सबैलाई छ”, उहाँले भन्नुभयो, “यस्तो विधि प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भई प्रक्रियाअनुसार सरकारले आफैं उपलब्ध गराउनेछ ।”

उहाँले कोभिड–१९ को यस्तो समस्या परेको बेला समाजमा विभिन्न व्यक्तिले आफ्ना लागि अवसर खोज्ने गरेको उल्लेख गर्दै विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्ध सबै एकजुट भई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरे यसलाई पनि परास्त गर्न सक्ने बताउनुभयो ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार