जेठ ७, २०८१ सोमबार May 20, 2024

सर्लाहीको धनकौलमा सत्तारुढ र विपक्ष दलका कार्यकर्ता बीच झडपःडेढ दर्जन कार्यकर्ता घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सर्लाहीको धनकौल गाउँपालिकामा सत्तारुढ र प्रमख प्रतिपक्ष दलका कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा डेढ दर्जन कार्यकर्ता घाइते भएका छन् ।

आइतबार राति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका)का कार्यकर्ताबीच झडप हुँदा सत्तारुढ नेकपाका १५ र नेकाका ३ कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

प्रहरीले हालसम्म गोली चलाएको आशंकामा धनकौल गाउँपालिकाका अध्यक्षको भतिजा  २८ बर्षिय मुकेश शाहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त झडपमा परि दुई जना प्रहरीसमेत घाइते भएको उनले बताए । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्याँस समेत प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताईएको छ ।

जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए । प्रहरीले हालसम्म गोली चलाएको आशंकामा धनकौल गाउँपालिकाका अध्यक्षको भतिजा  २८ बर्षिय मुकेश शाहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहले जानकारी दिए । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया