श्रावण १८, २०८३ सोमबार August 3, 2026

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

उपकुलपति छनोटका लागि केयूले सार्वजनिक गर्‍यो १० जनाको संक्षिप्त सूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ।

‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि वर्णानुक्रमका आधारमा १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको हो।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन्।

छनोट समितिले सर्टलिस्टमा परेका उम्मेदवारबारे सर्वसाधारणबाट राय तथा सुझाव संकलन गर्ने व्यवस्था पनि गरेको छ। इच्छुक व्यक्तिहरूले साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिङ्क मार्फत आफ्ना सुझाव पठाउन सक्ने जनाइएको छ।

यसैबीच, संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण (Presentation) र अन्तर्वार्ता (Interview) साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने कार्यक्रम तय गरिएको छ।

प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ, जसका आधारमा काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाइनेछ।

763577277_2431203737363343_903372512118080755_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण १८, सोमबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
२०८३ श्रावण १८, सोमबार
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
२०८३ श्रावण १८, सोमबार
मधेस प्रदेशमा चहलपहल बढ्दै
२०८३ श्रावण १८, सोमबार
प्रतिकित्ता रु १०० मै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह
२०८३ श्रावण १८, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८, सोमबार
चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
२०८३ श्रावण १८, सोमबार