असार २१, २०८२ शनिबार July 5, 2025

अध्यक्षमा नेपाल र महासचिवमा भुसाल दोहोरिए

महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा नेपालसँगै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भएका छन् । यसअघि खनाल र भुसाल दुवैले अध्यक्षमा दाबी गर्दै आएका भए पनि अन्ततः सहमतिमै नेतृत्व चयन गरिएको हो । अन्य पदमा समेत सर्वसम्मत गर्ने प्रयास जारी रहेको छ ।

राजधानीको कमलादीस्थित प्र्रज्ञा भवनमा जारी १०औं महाधिवेशनबाट विधानअनुसार २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न हुनेछ । बिहीबार नै महाधिवेशनले नेतृत्व चयन गर्दै सम्पन्न हुनुपर्नेमा सर्वसम्मतिको प्रयास जारी रहेकाले महाधिवेशन लम्बिएको हो ।

एकीकृत समाजवादीका श्रीप्रसाद साहले महाधिवेशनबाट अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत चयन भएको बताए । ‘तीन प्रमुख पदमा सर्वसम्मत भएको छ, अन्य पदमा समेत सर्वसम्मतिको प्रयास जारी छ, सचिवालयलाई जिम्मेवारी दिइएको छ,’ साहले राजधानीसँग भने, ‘सर्वसम्मत नभएको खण्डमा आन्तरिक निर्वाचन प्रणालीनुसार विधुतीय मेसिनको प्रयोग गरी कमिटीको चयन हुनेछ ।’

महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेपछि महाधिवेशनमा सहभागी प्रतिनिधिले त्यसलाई अनुमोदन गरेका थिए । अन्य पदाधिकारी चयनका लागि आज (शुक्रबार) बिहान १० बजेसम्मको समय अध्यक्षमण्डलले माग गरेको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव, केन्द्रीय सदस्यका लागि हजारभन्दा बढी नेता आकांक्षी देखिएका छन् । सबै पदमा सर्वसम्मतिको प्रयास जारी रहेको एकीकृत समाजवादीकी नेतृ दिलु पन्तले जनाएकी छन् । प्रमुख पदमा सर्वसम्मति भएपछि अन्य पदमा समेत सर्वसम्मति हुनसक्ने उनले जनाएकी छन् ।

महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भएको छ । विभिन्न समूहमा समूहगत छलफल गर्दै आइएका सुझाव प्रतिवेदनमा उल्लेख गर्नेगरी पारित भएको हो । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको हो ।

१६ देखि २० असारसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । तर, केन्द्रीय कमिटी चयन नभएकाले अधिवेशन लम्बिएको छ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । १ हजार ८ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण दिइएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार