असार २४, २०८१ सोमबार July 8, 2024

अग्नि सापकोटाविरुद्धको मुद्दामा साउन २३ गते निर्णय सुनाइने

सर्वोच्च अदालतमा उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ ।

सर्वोच्च अदालतमा उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो। यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा
२०८१ असार २४, सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
२०८१ असार २४, सोमबार
‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’
२०८१ असार २४, सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
२०८१ असार २४, सोमबार
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण
२०८१ असार २४, सोमबार
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर : नयाँ पर्यटकीय गन्तव्य बन्दै
२०८१ असार २४, सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
२०८१ असार २४, सोमबार