असार २४, २०८१ सोमबार July 8, 2024

जसपाका दुई मन्त्रीले बुझाए राजीनामा

यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् ।

शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

सो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए । यसअघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले १७ असारमा कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र संविधान संशोधन लगायतका विषयमा सहमति गरेर अगाडि बढ्ने निर्णय लिएको थियो । त्यसयता कांग्रेस र एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया