असार २५, २०८२ बुधबार July 9, 2025

मेलम्चीको पानी सुरुङमा पठाउने तयारी, घरघरमा पुग्न भने अझै केही समय लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा सुरुङ निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ ।

बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार सुरुङ परीक्षणकै लागि केही समय लाग्नेछ ।

पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।”

सुरुङभित्र अहिले तीन मुख्य र अर्काे एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्काे एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ ।

परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ । सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ । उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना भइरहेको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार