श्रावण ३, २०८२ शनिबार July 19, 2025

काठमाण्डौं महानगरले थाल्यो निःशुल्क खाना र खाजासहित एसइई तयारी कक्षा

११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि नै परीक्षा तयारी कक्षा सुरु गरिसकेको छ । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसासमेत दिने तयारी गरेको छ । महानगरपालिका शिक्षा विभागका अनुसार महानगरपालिकाको कार्यपालिकामा उक्त प्रस्ताव पुगेको भए पनि निर्णय भने भइसकेको छैन । मङ्गलबार वा बुधबार यस विषयमा निर्णय हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सय शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो । ११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८७३ विद्यार्थी सहभागी हुने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द शर्माले जानकारी दिनुभयो । महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये तीन हजार ८६ जना ग्रेडेड (वर्गीकृत) समूहमा परेका थिए ।

महानगरका सामुदायिक विद्यालयमध्ये विषयगत रूपमा सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । त्यस्तै अङ्ग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसङ्ख्यामा आठ जना अनुत्तीर्ण भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार