श्रावण २, २०८२ शुक्रबार July 18, 2025

क-कसले गर्न हुँदैन रक्तदान ? यस्तो छ डाक्टरको सल्लाह

रक्तदान गर्न नमिल्ने व्यक्तिले रक्तदान गर्नु आफैँलाई हानी निम्त्याउनु हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘रक्तदान-जीवनदान’ मन्त्र नै बनिसकेको छ। जीवन सञ्चालनको महत्वपूर्ण पदार्थ हो- रगत, जसले पोषक तत्व र प्राणवायु अक्सिजनलाई शरीरका कोषहरूमा पुर्‍याउँछ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा.दीपेन्द्र पाण्डे भन्छन् “शरीर चलाउने भनेकै रगतले हो, जीवन प्रवाह गर्ने नै रगतले हो।”

उपचारका क्रममा मानिसहरूलाई विभिन्न कारणले अतिरिक्त रगतको आवश्यकता हुन्छ। आवश्यक रगत सहजै उपलब्ध होस् भनेर देशभर ब्लड बैंकहरू सञ्चालनमा छन्। तर, भनेको बेलामा खोजेको रक्त समूहको रगत नपाउन सकिन्छ।

त्यसैले विभिन्न संस्थाहरूले रक्तदान कार्यक्रम गरिरहेका हुन्छन्। त्यसरी रगत दान गर्नु अवश्यक पनि पुण्यको काम हो, मानव धर्म हो। तर, चाहँदैमा सबै मानिसले रक्तदान गर्न भने सक्दैनन्।

रक्तदान गर्न नमिल्ने व्यक्तिले रक्तदान गर्नु आफैँलाई हानी निम्त्याउनु हो। डा. पाण्डेका अनुसार निम्न बमोजिमका मानिसले रक्तदान गर्न हुँदैन।

  • १८ वर्ष नपुगेका बालबालिकाहरू
  • ६० वर्षभन्दा बढी उमेरका व्यक्ति
  • उमेर पुगेर पनि कम तौल भएका मानिस
  • उच्च रक्तचाप भएमा
  • मुटुमा समस्या भएमा
  • मधुमेहका रोगी
  • कलेजो र मिर्गौलामा समस्या भएमा
  • लामो समयदेखि औषधि सेवन गरिरहेको भए
  • रक्तअल्पता भएमा
  • गर्भवती, स्तनपान गराइरहेकी सुत्केरीआमा
  • महिनावारीको समयमा
  • रक्तदान गर्ने बेलामा हेमोग्लोबिनको मात्रा ११ प्रतिशतभन्दा कम भएमारक्सी सेवनको गरेको २४ घण्टाभित्र

सावधानीको उपाय
डा. पाण्डेका अनुसार माथी उल्लेखित समस्या नभएमा पनि रक्तदान गर्नुअघि रक्तदाताले रक्तचाप गराउनुपर्छ। रक्तचाप सामान्य भएमात्र रक्तदान गर्नुपर्छ। डा. पाण्डेका अनुसार रक्तदान गर्नुअघि अपनाउनैपर्ने सावधानीका उपाय यस्ता छन्ः

  • रक्तदान गर्ने बित्तिकै नउठ्ने
  • रक्तदान गरिसकेपछि केहि नुनीलो खाने कुरा खाने
  • रक्तदान गरेपछि करिब २० मिनेट जति आराम गर्ने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार