श्रावण २, २०८२ शुक्रबार July 18, 2025

महिलामा ३५ नाघेपछि हुने हाडको समस्याबाट कसरी बच्ने?

चाउचाउ, चीजबल जस्ता तयारी खाद्यपदार्थ तथा चिसो पेयपदार्थहरूको कम प्रयोग गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रजनन उमेरका महिलाको शरीरमा भएका विशेष हर्मोनले प्राकृतिक रूपमा धेरै समस्याबाट बचाएको हुन्छ।

तीमध्ये मुटुरोग र हाडको समस्या प्रमुख हुन्। महिलाको उमेर ३५ वर्ष कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ। शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन। तर ४५ देखि ५० वर्षकी महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

हाडको घनत्व कम हुँदै गएर हुने समस्यालाई अस्टिओपोरोसिस भनिन्छ। यो रोग लागेका बेला नाडी, पुठ्ठा र मेरूदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ। हाड भाँचिने समस्याबाहेक अस्टिओपोरोसिस भए शरीर कुप्रो हुँदै जान्छ। दैनिक क्रियाकलाप गर्नसमेत गाह्रो हुन सक्छ।

नदेखिनेगरी हाडको घनत्व कम हुँदै हाड कमजोर हुने तथा रोग लागेको लामो समयसम्म थाहा नहुने भएकाले यसलाई मौन रोग (साइलेण्ट डिजिज) पनि भनिन्छ। कतै लडेर हाड भाँचिएपछि वा अरु नै कुनै कारणले एक्सरे गराउँदा मात्र यो रोग लागेको थाहा हुन्छ। यसबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छः-

चाउचाउ, चीजबल जस्ता तयारी खाद्यपदार्थ तथा चिसो पेयपदार्थहरूको कम प्रयोग गर्नुपर्छ।

गर्भवती र स्तनपान गराउने महिलाको भोजनमा लौहतत्व र क्याल्सियमको समावेश गर्नुपर्छ। चाकु, सक्खर आदि भोजन क्याल्सियम र लौहतत्व प्रशस्त मात्रामा पाइन्छ। अण्डा लौहतत्वको राम्रो स्रोत हो।

शाकाहारी व्यक्तिले दूध र दही, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्।

दैनिक ३ सय ५० युनिट भिटामिन डी जरुरत पर्छ। जुन हामी सहजैसँग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं। घाममा बस्दा सूर्यको किरणले नांगो छालामा छोएको हुनुपर्छ। सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार