असार २५, २०८२ बुधबार July 9, 2025

गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ९ सय ६६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितहुनेहरुमा कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङ्जाका १ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । जसमध्ये २ सय १४ जना निको हुँदा २ संक्रमितले ज्यान गमुाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया