सन्धिखर्क, साउन १ गते । अर्घाखाँची १० औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ । नौ हजार ९३५ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
जिल्लाका छ पालिकाले पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकाङ्कको मापडण्ड पूरा गरेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । नियमित मासिक रूपमा २६३ खोप केन्द्रबाट ३ हजार ९४५ सेवाग्राही उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा हाल १५ महिनाभित्रका दुुई हजार ७९० बालबालिकाले खोप लगाइरहेका छन् । पाँच वर्षमुनिका नौ हजार ९३५ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख शिव नेपालीले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “नेपाल सरकारका सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम राज्यका तीन वटै सरकार सङ्घ, प्रदेश र स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको सर्वाधिक सफल र लागत प्रभावकारी कार्यक्रम हो ।”
खोपको माध्यमबाट बालबालिकाहरुको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीको विकास गरी रोग लाग्नबाट बचाउनु नै खोप सेवाको मुख्य उद्देश्य छ । उहाँले भन्नुुभयो, “खोप सेवाले सङ्क्रामक रोगविरुद्ध प्रतिकारात्मक कार्य गर्छ, अतस् रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै उत्तम हो ।” अर्घाखाँची जिल्लामा १८४ वटा खोपकेन्द्रबाट प्रत्येक महिना १८७ खोप सेसनद्वारा निरन्तर खोप सेवा प्रदान गरिँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया