श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्ष सुरु

आकस्मिक कक्षसँगै अस्पतालपरिसरमा टायल लगाउने र शौचालय निर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वराहक्षेत्र, साउन १ गते । वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्षको सुरुवात गरिएको छ । बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरी आकस्मिक कक्षको विधिवत रूपमा उद्घाटन गरिएको छ ।

नौ श-याको आकस्मिक कक्षको उद्घाटन नगरप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले सोमबार एक कार्यक्रमबिच गर्नुभएको हो । अस्पतालको स्रोतबाट २० लाख रुपियाँको लागतमा आकस्मिक कक्षसँगै अस्पतालपरिसरमा टायल लगाउने र शौचालय निर्माण गर्ने काम गरिएको अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टले जानकारी दिनुभयो ।

चौबिसै घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजोयोथेरापी सेवा र हप्ताको दुई दिन आँखा उपचार सेवा, भिडियो एक्सरे सेवाहरू सञ्चालन गर्दै आएको अस्पतालमा आकस्मिक जाँचका लागि छुट्टै कक्ष बनेपछि सेवामा थप सुविधा पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

हाल अस्पतालमा तीन मेडिकल अफिसर (एमबिबिएस) डक्टर, हेल्थ असिस्टेन्ट तीन, अहेव दुई र नर्स/अनमी १२ जना रहेकामा साउन १ बाट फिजिसियन, बालरोग, गाइनो, दाँतलगायतका थप सेवा सञ्चालनमा आउने अस्पतालका सहव्यवस्थापक विष्टले बताउनुभयो ।

अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टका अनुसार हाल अस्पतालले मासिक ८० देखि ९० लाख रुपियाँको कारोबार गर्दै आएकोे  छ । कारोबारबाट अस्पतालले मासिक १० लाख रुपियाँ बचत गर्ने गरेको जनाइएको छ ।

दैनिक नगर अस्तालमा दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । बिहान ७ देखि बेलुकी ७ बजेसम्म सार्वजनिक बिदाका दिनमा समेत अस्पतालले सेवा उपलब्ध गराउँदै आएको छ । वराहक्षेत्र नगर अस्पतालले वर्षको ३६५ दिन नै सार्वजनिक बिदा र शनिबारसमेत बिहान ७ देखि बेलुकी ७ बजेसम्म बहिरङ्ग सेवा र आकस्मिक सेवा दिँदै आएको छ ।

प्रकाशपुर, मधुवन, श्रीलङ्का टापु, महेन्द्रनगर, भरौल र वराहक्षेत्रका स्थानीय सामान्य उपचार गराउन पनि धरान र विराटनगरमा रहेका ठुला अस्पतालमा जानुपर्ने बाध्यता थियो । “सामान्य उपचारका लागि पनि दिनै बिताएर अस्पताल धाउनु पथ्र्र्याे । अलिकति साह्रो हुँदा गाडी रिजर्भ गरेरै धरान, विराटनगर पुग्नु पथ्र्याे,” वराहक्षेत्र–१० की रमा खड्काले भन्नुभयो ।

अस्पतालले नेपाल सरकारको बिमा बोर्डले सुविधा थैली अन्तर्गत दिएको आयुर्वेदिक औषधीसहित ११ सय २२ प्रकारका औषधी डाक्टरको सिफारिसमा बिरामीलाई निःशुल्क वितरण गर्दै आएको वराहक्षेत्र अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अध्यक्ष रमेश कार्कीले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण नगरवासीलाई स्वास्थ्यमा पहँुच पु-याउन लागिपरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार