असार २२, २०८२ आइतबार July 6, 2025

प्रलोभनमा पारेर यूएईमा मानव तस्करी

पछिल्लो समय दलालहरूले युरोपको सपना देखाएर नेपालीहरूलाई यूएईमा लगेर अलपत्र पार्ने घटना दिन प्रतिदिन बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सोझा सीधा नेपाली युवायुवतीलाई विभिन्न प्रलोभनमा पारेर यूएईमा मानव तस्करी गर्ने क्रम बढेको छ । अबुधावीस्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै विगत केही दिनदेखि नेपालबाट श्रम स्वीकृति लिई वा नलिई यूएईका विभिन्न राज्यमा नेपाली युवायुवतीलाई ल्याउने क्रम बढेको जनाएको छ ।

यूएईका विभिन्न ठूला कम्पनीमा काम लगाइदिने भनी प्रलोभन तथा आश्वासन दिलाएर भिजिट भिसामा विभिन्न व्यक्तिलाई पु¥याई आर्थिक शोषणमा पर्ने गरेको, कतिपय कन्सलटेन्सीहरूले टिकटकमार्फत युरोपलगायतका अन्य राष्ट्रमा आकर्षक तलब सुविधा देखाई प्रलोभनमा पारी नेपालीले नै नेपालीहरूलाई ठगी गर्ने र मानव तस्करी गर्ने गरेको दूतावासले जनाएको छ । शिक्षित युवायुवतीलाई समेत यूएईमा केही समयको बसाइपछि युरोप अमेरिकालगायतका राष्ट्रमा पठाइदिने भन्ने सपना देखाई मानव तस्करहरूले ठूलो रकम असुल गर्ने गरेका पाइएको जनाएको छ ।

नेपालस्थित म्यानपावरले जानकारी गराएका कम्पनीले उपलब्ध तलब तथा सेवा सुविधाबारे सर्तहरू स्वीकार गरी विभिन्न म्यानपावरबाट यूएईका विभिन्न कम्पनीमा काम गर्न आउने र कम्पनीमा करार सम्झौता गरी काम गर्न थालेको महिना दिन नपुग्दै सर्तबमोजिमका काम गर्न इन्कार गरी बिनासूचना कम्पनी छाडी एजेन्टको प्रलोभनमा परी फसेको र नेपाल सरकारले तय गरेको भिजिट भिसाका सम्पूर्ण सर्त स्वीकार गरी यूएई प्रवेशपश्वात दलालले फसाएको गुनासाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपालमा इजाजतवाला म्यानपावर, त्यसका प्रतिनिधि बताउने तथा यूएईस्थित स–साना कम्पनीका सञ्चालक र एजेन्टसमेत संलग्न रहेको बुझिन आएको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसरी अनधिकृत रूपमा विभिन्न षड्यन्त्र तथा जालझेलबाट हुने ठगी, आर्थिक शोषणबाट बच्न यूएईको कुनै पनि कम्पनीमा काम गर्न आउनुभन्दा अघि कम्पनी तथा कम्पनीले उपलब्ध गराउने तलब, सेवा सुविधाबारे राम्रोसँग बुझेर मात्र आउन पनि दूतावासले अनुरोध गरेको छ ।

भिजिट भिसामा आउनुभन्दा अघि सोसम्बन्धी आधारभूत कुराहरू स्पष्टसँग जानकारी प्राप्त गरेर मात्र आउन दूतावासले आग्रह गरेको छ । भिजिट भिसा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरूले युरोपका विभिन्न मुलुक तथा अमेरिकालगायत अन्य राष्ट्रमा रोजगारीका लागि जाने विषयमा विद्यमान कानुनविपरीत हुने पनि दूतावासले जनाएको छ ।

आधिकारिक निकायबाट सूचना तथा वास्तविकता बुझेर मात्र आफ्नो भिसा प्रोसेसिङ गर्न र आर्थिक कारोबार गर्दा बैंकिङ च्यानल प्रयोग गर्न दूतावासले सबैमा अनुरोध गरेको छ । कुनै समस्यामा परी श्रम शोषण, शारीरिक समस्या तथा अनधिकृत माध्यमबाट आर्थिक कारोबार गरी जोखिममा परेको खण्डमा दूतावासले सहयोग नगर्ने पनि स्पष्ट पारेको छ । पछिल्लो समय दलालहरूले युरोपको सपना देखाएर नेपालीहरूलाई यूएईमा लगेर अलपत्र पार्ने घटना दिन प्रतिदिन बढिरहेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार