श्रावण २, २०८२ शुक्रबार July 18, 2025

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार

महिनावारी भएको बेला योनीबाहिर रगत आउनु पर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ ।

तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो ।

तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ ।

किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

यस्तोमा तल्लो पेटको दुखाईले महिलालाई पछि ठूलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।

लक्षण

कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनीबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ ।

यस्तोमा खान मन नलाग्ने, तौल कम हुने, थकाइ लाग्ने, अलिकति काम गर्ने बित्तिकै थाक्ने, ज्वरो आउने हुने गर्दछ । साथै लामो समय तल्लो पेट दुख्ने, महिनावारीका बेला दुखाई बढ्ने, शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने समेत हुन्छ ।

यस्तो दुखाई हुँदा काम गर्न नसकिने, दिसापिसाब गर्न गाह्रो हुने, ढाड दुख्ने र योनीबाट तरल पर्दाथ बग्नेसमेत हुन्छ ।

कारण

महिनावारी भएको बेला योनीबाहिर रगत आउनु पर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्दा तल्लो पेट दुख्ने हुनसक्छ । महिनावारी हुँदा बाहिर बग्नु पर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नशा र पिसाबथैली माथि पुग्दछ । जो पछि टासिएर कसिदै जान्छ । जो लामो समय हलचल नहँुदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पीडा महिनावारीको बेला वा यात्रा गर्दासमेत बल्झिने गर्दछ ।

उपचार

तल्लो पेट दुखाईको उपचार गर्नु अघि तल्लो पेट दुखाईको कारण बुझ्नुपर्ने हुन्छ ।

यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्रि बुझेर मात्र उपचार थाल्दछन् । यदि हिस्ट्रिबाट पनि दुखाईको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाच गर्दछन् ।

यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढी भएमा पाठेघरसँगै डिम्बाशय पनि निकाल्नु पर्ने हुन्छ । त्यसैले तल्लो पेटको दुखाईलाई सामान्य नमानी दुखाई शुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार