श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काठमाडौंमा ढलको पानीमा पोलियो भाइरस भेटियो

उपत्यकाका तीन वटै जिल्लामा साउन ९ गतेदेखि १२ गतेसम्म खोप अभियान संचालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

गत जेठको अन्तिम साता काठमाडौको टुकुचा र बाग्मतीको दोभानबाट संकलिन गरिएको ढलको पानीको नमूना परिक्षण गर्दा पोेलियो भाइरसको म्युटेशनरुप देखिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । महाशाखाले शुक्रवार सञ्चारकर्मी माझ पोलियो भाइरसको भिन्न रुप रहेको औल्याएको छ ।

खोेप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठको अन्तिम साता संकलन गरी विश्व स्वास्थ्य संंठगनको बैकक स्थित रिजनल रेफरेन्स ल्यावमा परिक्षण गर्दा पोलियो भाइरस फेला परेको हो ।

भाइरस बालबालिकालाई दिइएको पोेलियो खोपको भाइरस भन्दा परिवर्तित रुपको भएको र वातवरणमा देखा परेकाले जोखिम पनि उच्च रहेको महाशाखाले जनाएको छ । ‘ढलको पानीमा भाइरस भेटिएका भाइरस खोपवाट दिइने भन्दा भिन्न देखिएको हुनाले यो खतरनाक हुन्छ’ उनले भने ।

गत शनिबार परिक्षणको रिपोर्ट आइसकेपछि महाशाखाले सरोकारावाल राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायसँग छलफल गरी काठमाडौं उपत्यकामा तत्कालै पोलियो विरुद्धको खोप अभियान दिने निर्णय गरेको छ । निर्णय अनुसार उपत्यकाका तीन वटै जिल्लामा साउन ९ गतेदेखि १२ गतेसम्म खोप अभियान संचालन गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार