श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स नेपाली बजारमा

रियलमी १२ एक्स फाइभजी स्मार्टफोनमा ६.७२ इन्चको फुलएचडी आईपीएस एलसीडी डिस्प्ले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा रियलमीका दुई फाइभजी स्मार्टफोन भित्रिएका छन् । कम्पनीले रियलमी नार्जो ७० प्रो र रियलमी १२ एक्स गरी दुई ओटा नयाँ बजेट फोन सार्वजनिक गरेको हो ।

अत्याधुनिक प्रविधि, नवीन सुविधा र स्टाइलिस डिजाइनले युवा प्रयोगकर्तामाझ यी स्मार्टफोनले फरक अनुभवको प्रत्याभूति दिने कम्पनीले जनाएको छ । यी फोनमा एयर जेस्चर कन्ट्रोल, सोनी आईएमएक्स ८९० क्यामेरा ट्रु फ्ल्यागशिप नाइट फोटोग्राफी चिपसेट, भीसी कुलिङ सिस्टम लगायतका फिचर छन् ।

रियलमी नार्जो ७० प्रो फाइभजी

फोटोग्राफीका लागि परिचित यो फोनमा सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा र मास्टर शट एल्गोरिदम प्रयोग गरिएको छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे मुख्य सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड र २ मेगापिक्सेल डेप्थ सेन्सर भएको क्यामेरा सेटअप छ । त्यस्तै सेल्फी क्यामेरा १६ मेगापिक्सेलको रहेको छ ।

यो फोनमा ६.६७ इन्चको फुलएचडी एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट रहेको छ । ग्राहकले ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सक्नेछन् । ५००० एमएएच ब्याट्री क्षमता रहेको यो फोनले ६७ वाटको सुपरभोक चार्ज सपोर्ट गर्छ ।

रियलमी १२ एक्स फाइभजी

रियलमी १२ एक्स फाइभजी स्मार्टफोनमा ६.७२ इन्चको फुलएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ । १२० रिफ्रेस रेट भएको फोनमा ९५० निट्सको अधिकतम ब्राइटनेस पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित यो फोनमा ६ एनएम डाइमेन्सिटी ६१००+ फाइभजी चिपसेट छ ।

४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुने फाेनमा ५० मेगापिक्सेल र २ मेगापिक्सेल गरी डुअल क्यामेरा छ भने सेल्फी क्यामेरा ८ मेगापिक्सेलको दिइएको छ । ५००० एमएएच क्षमताको ब्याट्रीका लागि कम्पनीले ४५ वाटको सुपरभोक चार्जर दिनेछ ।

कम्पनीका अनुसार रियलमी नार्जो ७० प्रो फाइभजी ३३ हजार ९९९ रुपैयाँमा र रियलमी १२ एक्स फाइभजी २४ हजार ९९९ रुपैयाँमा किन्न सकिन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार