श्रावण २, २०८२ शुक्रबार July 18, 2025

काठमाण्डौं उपत्यकामा आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु हुँदै

पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा आजदेखि पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान सुरु हुँदैछ। साउन १२ गतेसम्म चल्ने उक्त अभियान अन्तर्गत उपत्यकाका तीन वटै जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।

गत जेठ २३ गते दोभानबाट सङ्कलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो। विश्व स्वास्थ्य सङ्गठनको हङकङस्थित ल्याबमा परीक्षण गर्दा उत्परिवर्तन भएको भाइरस देखिएको हो।

नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य सङ्गठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो।

बढी जोखिममा हुने भएकाले पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरेको हो।

राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

पाँच वर्षमाथिका बालबालिका अति जोखिममा हुने भएकाले खोपबाट कोही छुट्न नहुनेमा उनले जोड दिए। यो उमेर समूहका कुनै पनि बालबालिकालाई खोेप दिन नछुटून् भनेर यसपालि स्वास्थ्यकर्मी घरमै पुगेर खोप दिनेछन्।

घर नभएका बालबालिकाका लागि नजिकैका मन्टेश्वरी स्कुलमा पुगेरै खोेप दिने तयारी भएको खोप शाखाले जनाएको छ। यी दुवै ठाउँबाट खोेप लिन छुटेका बालबालिकाबारे खबर गरिदिन डा. गौतमले अपिल गरे।

चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ।

पोलियो खोप युनिसेफले प्रदान गरेको हो भने खोप अभियानका लागि विश्व स्वास्थ्य संगठनले २ करोड ५० लाख रूपैयाँ खर्च उपलब्ध गराउने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार