श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जानकी आँखा अस्पताल सुधारको माग गर्दै अनिश्चितकालिन धर्ना

अस्पतालका सबै सेवाहरू ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । जानकी आँखा अस्पतालमा भइरहेको आर्थिक अनियमितताको छानविन तथा सुधारको माग गर्दै सर्वपक्षीय अनिश्चितकालिन धर्ना शुुरु भएपछि अस्पतालका सबै सेवाहरू ठप्प भएका छन् ।

नेपाल रेडक्रसले सञ्चालन गरेको जानकी आँखा अस्पतालमा व्यापक आर्थिक अनियमितता भएको भन्दै स्थानीयले पटक पटक विरोध गरेपनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाई नभएपछि विभिन्न राजनीतिक दलसहित,स्थानीय नागरिक समाज, बुद्धिजीवी,नेपाल चिकित्सक संघ आजबाट सर्वपक्षीय धर्नामा बसेका हुन् ।

जानकी आँखा अस्पताल दर्ता हुनुपर्ने, विधानसम्मत सञ्चालक समिति गठन हुनुपर्ने, कोषाध्यक्षको हस्ताक्षर विना करारमा लेखाका कर्मचारी भर्ना गरेर करोडौँको कारोबार भएकोमा त्यसको छानविन हुनुपर्ने, अस्पतालमा कार्यरत रहेका ५ जना नेत्र रोग विशेषज्ञहरू मध्ये तीन जनालाई विना कारण हटाउने काम भएको र काम गरेकालाई तलव भत्ता नदिएकोमा छानविन हुनुपर्ने उनीहरूको माग रहेको छ ।

विना कारण अस्पतालमा कार्यरत रहेका चिकित्सकहरू डा. अमित यादव, डा. सन्तोष साह र डा. रञ्जन ठाकुरलाई हटाउने काम भएको र काम गरेको अवधिको तलव भत्ता पनि नदिएकाले नेपाल चिकित्सक संघ पनि आन्दोलनमा सहभागी भएको हो ।

आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष चन्द्रमोहन झाले अनियमित तरिकाले सामानको खरिद गरेकोमा सो सामानको भुक्तानीमा रोक लगाएपछि उनको नाउँमा भएको खातालाई परिवर्तन गरी करारमा लेखा शाखामा सचिन राउतलाई भर्ना गरेर करोडौँको भुक्तानी दिएको भन्दै आफूहरूले अनिश्चित कालका लागि धर्ना शुरु गरेको कर्मचारी यूूनियनका अध्यक्ष नुतन कुमार झाले बताउनुभयो ।

धर्नामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल चिकित्सक संघ, स्थानीय नागरिक समाज तथा बुद्धिजीवीहरूको सहभागिता रहेको छ । आन्दोलनरत पक्ष र अस्पताल व्यवस्थापन समितिले प्रशासन शाखा र ओपिडीमा तालाबन्दी गरेपछि अस्पतालको सबै सेवाहरू प्रभावित भएको हो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार