कार्तिक १६, २०८३ सोमबार November 2, 2026

आफ्ना माग पुरा भएमात्रै बैठकमा सहभागी हुने नेता पाण्डेको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन्।

पाण्डे आज दिउँसो २ बजेको लागि बोलाईएको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा पनि उपस्थिति नहुने बताए । ‘मेरो मागको सुनुवाई नभएसम्म म पार्टीले गर्ने कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी हुने छैन,’ नेता पाण्डेले भने।

कमल थापा नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी र अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी एकीकरण भएर राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ। दुवै पार्टी एकीकरण भएपछि केन्द्रीय सदस्यहरू कटौती भएपछि नेता पाण्डेले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

नेता पाण्डेले दुवै पार्टी एकीकरणअघि भएका केन्द्रीय सदस्यलाई समेट्नु पर्ने माग राखिरहेका छन् । ‘यति उति सदस्य भन्ने होइन । दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई समेट्नु पर्‍यो भन्नेमात्र मेरो माग हो,’ नेता पाण्डेले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार