काठमाण्डाैंः विश्वमहामारी कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया