माघ २८, २०८१ सोमबार February 10, 2025

२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच

भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यस वर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यस वर्ष वडा नं. ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ। गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने ऐतिहासिक एवं धार्मिक महत्त्वको भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।

गुरुपूर्णिमादेखि प्याँख अर्थात् नाचको प्रशिक्षण सुरु गरिएको छ । थिमि भैलः प्याखँमा न्हापाँ भैल (अघिल्लो भैरव) एक, लिपाँ भैल (पछिल्लो भैरव) एक, ज्यापुंगः  एक, न्हापाँ दागीँ (अघिल्लो दागीँ) एक र लिपाँ दागीँ (पछिल्लो दागीँ) एकजना गरी कुल पाँचजना देवीदेवता रहन्छ ।

अशोक प्रजापतिले न्हापा भैलः, बालमुकुन्द प्रजापतिले लिपा भैलः, आयुष प्रजापतिले न्हापाँ दाँगी (कुमारी), साहिल प्रजापतिले लिपा दाँगी (महालक्ष्मी) र ज्यापुंगचा (हरिसिद्धि) मा कृशल प्रजापतिले भूमिका निर्वाह गर्ने थिमि भैलः प्याखँ व्यवस्थापन समितिका उपाध्यक्ष बलराम प्रजापतिले जानकारी  दिए ।

थिमिका जीवित सांस्कृतिक धरोहर सांस्कृतिक र परम्परागत प्याखँ एवं वाद्यवादन गुरु श्रीगोपाल प्रजापतिको नेतृत्वमा गुरुहरू कृष्णबहादुर प्रजापति, बालकृष्ण प्रजापति, चन्द्रभक्त प्रजापति र प्रेमकृष्ण प्रजापतिले प्याखँको प्रशिक्षण गराइरहेका छन् ।

त्यसैगरी वाद्यवादनतर्फ धाँ बाजा, भुस्या, मुवाली र पुँगा बजाउने वाद्यवादकहरू करिब तीन दर्जनको संख्यामा रहेका छन् । यसका साथै प्याखँका कलाकारका सहयोगीसमेत करिब ५० जनाको टोली भैल प्याखँमा सहभागी रहेको व्यवस्थापन समितिका उपाध्यक्ष प्रजापतिले बताए ।

किंवदन्तीअनुसार परापूर्वकालमा थिमि क्षेत्रका जनतालाई भूतप्रेतले अत्यधिक दुःख दिइरहन्थे । रातको समयमा मात्र नभई दिनको समयमा पनि दुःख दिन थालेपछि किसान खेतीपाती गर्न जान पनि डराउन थाले ।

त्यसपछि राजाले तान्त्रिक, विद्वान्, नामुद शास्त्रज्ञहरूसँग छलफल गरी मानिसमा तान्त्रिक रूपमा भैरवनाथ जगाई टोलटोलमा क्रोधित मुद्रामा नचाएमा भूतप्रेत भाग्ने र कहिले नआउने सुझाव दिएपछि थिमिमा भैलः प्याँख अर्थात् भैरव नाच सञ्चालनमा आएको बताइन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार