श्रावण ३, २०८२ शनिबार July 19, 2025

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग

महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं- ८ एकाई कार्य समितिले शनिबार जोरपाटीस्थित बेशीगाउँमा आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने र पुरातात्विक, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने जानकारी दिए।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा, आराधना र गोकर्णेश्वरमा बालयन्त्रको पूजा, आराधना हुने भएकाले उत्तिकै महत्व मानिने उनको भनाइ थियो। गोकर्णेश्वर महादेव मन्दिरका माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि काम गर्ने मन्त्री ठकुरीको प्रतिबद्धता थियो। सहकारी क्षेत्रमा आइपरेको समस्या समाधानका लागि पनि प्रदेश मन्त्रालयका तर्फबाट सक्दो सहयाग गरिने उनको भनाइ छ।

कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले आफू गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गरेकाले यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गरिनुपर्नेमा जोड दिए।

केन्द्र, प्रदेश र स्थानीय तह मिलेर संस्थागत विकासमा काम गर्नुपर्ने उनले बताए। सहकारी क्षेत्रमा आएको समस्याका कारण अर्थतन्त्र नै सङ्कटमा परेकाले समस्या समाधानमा प्रदेश सरकारले पनि पहल गर्नुपर्ने सभापति चालिसेले सुनाए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर महादेव मन्दिरसँगै नगर क्षेत्रका सांस्कृतिक सम्पदाको विकासमा काम गरिरहेको बताए। बागमती नदीको उद्गमस्थल वाग्द्वारबाट गोकर्णेश्वर महादेव मन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरिनुपर्ने उनको भनाइ थियो। -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार