कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘हाम्रो माया घर’ निर्माण सहयोगार्थ बर्दिवासमा महायज्ञ

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले ‘हाम्रो माया घर’ निर्माणमा आफूले  सक्दो सहयोग गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, २२ साउन : ‘हाम्रो माया घर’ निर्माणमा सहयोगार्थ महोत्तरीको बर्दिवासमा शिवपुराण महायज्ञ प्रारम्भ भएको छ । आज राधिका दासीले दीप प्रज्वलित गर्दै महायज्ञ प्रारम्भको गर्नुभयो ।  त्यस अवसरमा दासीले महायज्ञ मानव सेवाको पवित्र उद्देश्यसहित प्रारम्भ भएकाले यसको सफल समापनसँगै ‘हाम्रो मायाघर’ निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्तरी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले ‘हाम्रो माया घर’ निर्माणमा आफूले  सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मधेस प्रदेशका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, बर्दिवास नगरपालिकालगायत स्थानीय तहका जनप्रतिनिधि, मधेसका विभिन्न धार्मिक मठका सन्त महन्थ र स्थानीयवासीको सहभागिता थियो ।

‘हाम्रो मायाघर’ आश्रम निर्माणका लागि सहयोगार्थ आयोजित शिवपुराण महायज्ञको क्रममा सोमबार बिहान बर्दिबासमा निकालिएको कलश यात्रामा सहभागी कथा वाचिका राधिका दासीलगायत। तस्बिर : गोपालप्रसाद बराल / रासस

यसअघि आजै बिहान दशौँ हजारको सहभागितामा एक हजार आठ कन्याले रातु नदीबाट नयाँ घडामा ल्याएका जलले महायज्ञस्थल सिञ्चित गरिएका थिए । रु १० करोड ६९ लाख ४५ हजार चार सय ७७ को लागतमा ‘हाम्रो माया घर’ बर्दिवास-२ मा निर्माण हुन लागेको हो । दाताबाट प्राप्त पाँच कठ्ठा १० धुर जग्गामा बन्ने दुई वटा भवनको विस्तृत परियोजना प्रस्ताव पनि तयार भएको हाम्रो माया घर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

बालबालिका र अपाङ्गतामैत्री तथा भूकम्प प्रतिरोधी बनाइने भवनमा  १२ कोठा, सभा भवन, वडा कक्ष र अध्ययन कक्ष हुनेछन् । दुई सय सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्ध गरिने समितिले जनाएको छ ।

‘हाम्रो मायाघर’ आश्रम निर्माणका लागि सहयोगार्थ आयोजित शिवपुराण महायज्ञको क्रममा सोमबार बिहान बर्दिबासमा निकालिएको कलश यात्रामा बाजा बजाउँदै युवतीहरु । तस्बिर : गोपालप्रसाद बराल / रासस

महायज्ञ तयारी र व्यवस्थापनका लागि हिरालाल गौतमको संयोजकत्वमा १९ वटा उपसमिति बनाइएका छन् । शिवपुराण महायज्ञमा दैनिक सात हजार स्रोता सहभागी हुने व्यवस्थापन समितिको अनुमान छ । महायज्ञमा भवनका लागि विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम चलेकाले चाँडै भवन बन्न सुरू हुने अपेक्षा गरिएको महायज्ञ व्यवस्थापन समितिका सचिव तथा प्रवक्ता चेतकुमार थापाले बताउनुभयो । महायज्ञमा मायाघर निर्माणार्थ रु दुई करोड सहयोगको प्रतिबद्धता प्राप्त भएको र सञ्चालनमा रु २५ लाख खर्च हुने  अनुमान गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहनु भएको हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । भवन सञ्चालन नभएसम्म  अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व समितिले लिइरहने र इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने जनाइएको छ । महायज्ञ यही साउन २९ गते समापन हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार