कार्तिक २२, २०८३ आइतबार November 8, 2026

महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायत प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बैतडीमा बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका-१ मा पर्ने भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो।

१९ गते ४० बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी इलाका प्रहरी पाटनमा दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि इलाका प्रहरी पाटनले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया