श्रावण २३, २०८३ शनिबार August 8, 2026

मनकामना मन्दिर भक्तजनका लागि खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ ।विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि बुधबारबाट भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो ।

बुधबार बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि तिथिअनुसार आजदेखि पूजा चलाउन मिल्ने भयो”, मूल पुजारी थापाले भन्नुभयो, “सधैँ जस्तै नियमितरुपमा गरिने नित्य पूजा गरेर मन्दिर खुला गयौँ ।”

बाहिरको केही काम गर्न अझै बाँकी छ । मूल मन्दिरमा पूजा गर्दा अवरोध नहुने देखिएपछि पूजा शुरु गरिएको उहाँले बताउनुभयो । “पहिलेदेखि नै साइत हेरिराखेका थियौँ, दशकर्मको पूजा गरेर मन्दिर खुला गर्दा ढिलाइ हुने भएकाले क्षमापूजा गरी शुरु गरिएको हो”, मूल पुजारी थापाले भन्नुभयो ।

मूल मन्दिरभित्र पूजा गर्न पाएपछि भक्तजन खुशी भएको मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताउनुभयो । “करीब ४३ महीनादेखि अस्थायी टहरमा पूजाआजा गर्दै आएका भक्तजनले मूल मन्दिरमा नै पूजाआजा गर्न पाएका छन् ।

राष्ट्रिय पुरातत्व विभागबाट अनुमति लिएर पुरानै संरचनाअनुसार प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

करीब रु १५ करोडको लागतमा मन्दिर निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । मन्दिर निर्माणका क्रममा गजुरदेखि मन्दिरको छानासम्म १८ किलो २०० ग्राम सुनको मलम्ब लगाइएको छ भने मूलद्वारमासमेत सुनको जलप लगाएर मन्दिरलाई झकिझकाउ पारिएको छ ।

भूकम्प गएको करीब तीन महीना अर्थात् असार महीनादेखि मन्दिर निर्माणको काम शुरु गरिएको थियो ।मन्दिर निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभागमार्फत रु चार करोड बराबरको सुन तथा काठ उपलब्ध गराएको थियो भने बाँकी रकम भक्तजनबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार
‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’ – नेता निधी
२०८३ श्रावण २३, शनिबार
धुरन्धरले कायम गर्यो अर्को कीर्तिमान, नेटफ्लिक्समा धेरै हेरिने गैरअंग्रेजी बन्यो चलचित्र
२०८३ श्रावण २३, शनिबार
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार