श्रावण २७, २०८३ बुधबार August 12, 2026

कोलकतामा महिला चिकित्सकको बलात्कारपछि हत्या

दशौँ हजार महिला विरोधमा सडकमा उत्रिएर विरोध प्रदर्शन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ- गत हप्ता कोलकाताको एक सरकारी अस्पतालमा भएको प्रशिक्षार्थी चिकित्सकको हत्याको विरोधमा पश्चिम बंगाल राज्यका दशौं हजार महिलाले सडकमा राति पनि जुलुस निकालेका छन्।

ती प्रशिक्षार्थी चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको भन्दै महिलाहरुले कारवाहीको माग राखेर विरोध गरेका हुन ।

गत शुक्रबार आरजी कार मेडिकल कलेजकी ३१ वर्षीया युवतीको निर्मम हत्यापछि विरोध प्रदर्शन सुरु भएको हो ।

समाजिक सञ्जालमा मृतकको तस्विरसहित विरोधमा आउन आव्हान गरिएपछि कोलकत्ताका विभिन्न भागबाट कयौँ माइल यात्रा गरेर महिलाहरु विरोधमा सहभागी भएका हुन ।

तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको विरोध जुलुशमा केही बाहिरी मानिसहरुले अबरोध गरेपछि स्थिति भड्किएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको जनाएको छ।

३६ घन्टाको लामो ड्युटीपछि तोकिएको विश्राम क्षेत्र नहुँदा उनी सेमिनार कोठामा सुतेकी थिइन् ।

भोलिपल्ट बिहान उनी अर्धनग्न अवस्थामा र शरीरमा घाउ चोट लागेको अवस्थामा उनका सहकर्मीहरुले देखेका थिए । घटनामा संलग्न भएको आरोपमा अस्पतालमा स्वयंसेवी रुपमा कार्यरत एक जनालाई पक्राउ गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार