मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली (भारत), ६ मङ्सिरः छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

May be an image of one or more people and daisनयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिनुभयो ।

यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ आइपुग्नुभएको हो । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत हुनुहुन्छ ।

प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कनुहुने तालिका छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार