मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता

जापानी उपमन्त्री फुजीले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी काजुहिरोले शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार भेटका क्रममा नेपाल र जापानबीच लामो समयदेखि रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा कुराकानी भएको थियो। राष्ट्रपति कार्यालयले मंसिर ५ गते जारी गरेको विज्ञप्तिमा भेटवार्ताबारे जानकारी दिएको हो।

यसैक्रममा जापानी उपमन्त्री फुजीले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार
राष्ट्रपति पौडेलसँग जापानका उपमन्त्रीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार