काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई केन्द्रमा राखेर नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलासँग छलफल भएको छ।
प्रधानमन्त्री शाह र राजदूत दलेलाबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटवार्तामा भ्रमणको तयारी, कार्यसूची र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।
कार्यालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपालमा आएको रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत भ्रमण गर्दैछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया