श्रावण २७, २०८३ बुधबार August 12, 2026

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ३२ श्रावण । चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले राज्यका लागि बलियो मानवपुँजी निर्माण गर्न खोप प्रभावकारी रहेको भन्दै यसको दिगोपनका लागि अझै मेहिनत गर्नुपर्ने बताए। उनले खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकार भएकालाई सबैलाई धन्यवाद ज्ञापन गरे।

माडी नगरपालिका प्रमुख ताराकाजी महतोले पूर्ण खोप सुनिश्चिततासँगै जिम्मेवारी थपिएको बताए। उनले खेती किसानी र ज्याला मजदुरी गर्न आउने अस्थायी बसोबासीका बालबालिका छुट्ने गरेका र माडीका विकट ठाउँमा पूर्ण खोप लगाउन चुनौती रहेको बताए।

खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले अस्थायी बसोबासी खोपबाट छुट्ने गरेकातर्फ आफ्नो नगरपालिकाले ध्यान दिइरहेको बताइन्। उनले नगरपालिकाले लागू गरेको बाआमा स्वास्थ्य कार्यक्रमअन्तर्गत तीन–तीन महिनामा स्थानीयका घरघरमा पुग्नेबेला कोही छुटको देखिए खोप लगाउने व्यवस्था मिलाउने गरिएको जानकारी दिइन्।

ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले जिल्ल्लालाई खोप सुश्चितता घोषणा गरिएका पनि अब यसलाई निरन्तरता र दिगोपनामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइन्।

कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रूपाखेतीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसको सुनिश्चिताका लागि समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने बताए।

त्यस अवसरमा प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान गरिएको थियो । सहभागीले दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार