कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति

नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वाराणसी (उत्तरप्रदेश), साउन ३२ गते । नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबिच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिबद्धतापत्रमा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्रा.डा.दिवाकर प्रधानले हस्ताक्षरण गर्नुभएको छ । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा साहित्य दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबीच समय समयमा कार्यक्रम गर्ने सहमति भएको छ ।

नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबिच भएको छ । प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने सहमति भएको छ ।

पशुपति वैदिक आश्रम गुरुकुल विद्यालय नवलपुरका प्रमुख सल्लाहकार धर्मराज बरालको सक्रियतामा दुवै पक्षबीच प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको हो । प्रतिबद्धतापत्रको साक्षीका रुपमा सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय वाराणसीका प्रा.डा.हरिप्रसाद अधिकारी, प्रतिष्ठान प्राज्ञ परिषद सदस्य कृष्णराज अधिकारी, भारतीय भाषा विभाग काशि विश्वविद्यालय नेपालपीठका प्रमुख डा.मुकुन्द शर्मा रहनुभएको छ । प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर रुपमा नागरिक स्तरबाट अभियान चलाउने अभियानकर्मी बरालले बताउनुभयो । रासस 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार