भाद्र ३१, २०८१ सोमबार September 16, 2024

एक्सले ब्राजिलमा बन्द गर्यो आफ्नो कार्यालय

ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरि आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।

ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ ।

ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त अगाडी सारिएको छ ।

ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया