श्रावण २७, २०८३ बुधबार August 12, 2026

मंकीपक्सबाट कंगोमा ५७० जनाको मृत्यु

१६ हजार सात सय जनामा सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कंगो, भदौ ४ गते । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताउनुभयो । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरु छन् ।

डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ । स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठुलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताउनुभयो ।

अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको सङ्ख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार