असार २१, २०८२ शनिबार July 5, 2025

चार वर्षभित्र परियोजना सक्ने एमसीए-नेपालको प्रतिबद्धता

विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक मर्मतसम्भार, आयोजना तथा निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनामा उल्लेख्य प्रगति भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) ले बुधबार परियोजनाको एकवर्षे प्रगति सार्वजनिक गरेको छ । तोकिएकै समयमा परियोजना सक्ने पनि एमसीए नेपालले प्रस्ट्याएको छ ।

एमसीए–नेपाल र अमेरिकी दूतावासले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा हालसम्म विद्युत् प्रसारण आयोजना, तीन सबस्टेसनका लागि ठेक्का सम्झौता, सडक मर्मतसम्भार, आयोजना तथा निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापनामा भएका प्रगतिबारे जानकारी दिइयो ।

ऊर्जा र सडक पूर्वाधारका लागि अमेरिकी सरकारबाट प्राप्त ५०० मिलियन अनुदान सम्झौताअनुसार उक्त परियोजना अघि बढाइएको हो । नेपालको संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएर कार्यान्वयन अघि बढाउने क्रममा सन् २०२३ को अगस्ट ३० बाट पाँचवर्षे कार्यकाल सुरु भएको हो ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ०८१ साउनमा ठेकेदार छनोट भइसकेको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जनाए । विद्युत् प्रसारण लाइनको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकतासाथ अगाडि बढाउने काम भएको उनको भनाइ छ । यसले सीमापार नेपाल र भारतबीचको ऊर्जा व्यापारलाई समेत सहज बनाउने काम गर्छ ।

२९७ किमि प्रसारण लाइनका लागि यस वर्ष फेरि बोलपत्र आह्वान गरिने पनि विष्टले प्रस्ट्याए । तीन सबस्टेसनका लागि ठेक्का सम्झौता भइसकेको उनले बताए । नवलपरासी पश्चिममा नयाँ बुटवल सबस्टेसन ०८१ साल वैशाखमा ३ करोड ५५ लाख १० हजार डलरमा सम्झौता, नुवाकोटको रातमाटे सबस्टेसन ०८१ असारमा ५ करोड १६ लाख डलरमा सम्झौता भएको र तनहुँको नयाँ दमौली सबस्टेसन ०८१ साउनमा ३ करोड ८८ लाख ९० हजार डलरमा सम्झौता भइसकेका छन् ।

परियोजनाका निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनःस्थापना गर्न १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको विष्टले जनाए । दुईवर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको उनको भनाइ छ । धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण भइसकेको उनले उल्लेख गरे । नौ जिल्लामा पहिलो चरणको रूख गणना कार्य सम्पन्न भइसकेको पनि उनले जनाए ।

सडक मर्मतसम्भार आयोजनातर्फ सडक विभागलाई प्रयोगशाखा स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिमलगायतका सहयोग प्रदान गरिएको विष्ट बताउँछन् । धानखोलादेखि लमहीसम्म फुल डेथ्प रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किमि लामो सडक खण्ड स्वीकृत भएको र यसै वर्ष बोलपत्र आह्वान गरिने प्रस्ट्याए । आवधिक मर्मतसम्भारका लागि दुइटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको पनि विष्टको भनाइ छ ।

एमसीए–नेपालले तोकिएको समयभित्रै काम गर्ने गरी काम भइरहेको विष्टले जनाए । ‘जुन हिसाबमा हाम्रो काम भइरहेको छ, हामी समय र अझै अगाडि नै काम सक्ने योजनामा छौं,’ विष्टले भने, ‘हामीलाई थाहा छ अगाडि चुनौती छन् । यो ठूलो परियोजना पनि हो । मुअब्जाको काम सकिएपछि तोकिएकै समयभन्दा अगाडि सकिन्छ भन्ने सोचेका छौं ।’

अमेरिकाको यस परियोजनाले अहिले विभिन्न ४५ मुलुकमा परियोजना निर्माण गरिरहेको एमसीसीकी रेसिटेन्ट कन्ट्री डिरेक्टर डियान एल फान्सिस्कोले बताइन् । ४५ मुलुकमा १५ बिलियन डलर अनुदान रकम १६० मिलियन जनताको जीवनस्तर सुधार गर्न खर्च गरिएको उनको भनाइ छ । ‘हामी नेपालमा सफलताको कथा भन्न सही बाटोमा हिँडिरहेका छौं,’ उनले भनिन् ।

एमसीसी परियोजनाको काम नेपाल र नेपालीको फाइदाका लागि भएको उनले जनाइन् । ‘सबै नेपालीका लागि ऊर्जा उपलब्ध गराउन तथा क्षेत्रीय रुपमा क्लिन इनर्जीलाई समेत प्रवर्द्धन गर्न यो परियोजनाले सहयोग पुर्‍याउँछ,’ उनले भनिन् । परियोजनाको काम अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय हुने पनि उनले बताइन् ।

एमसीसी परियोजनामा अमेरिका र नेपालको सहकार्यमा भएको र यो परियोजनाको काम समयमै सकिने नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले विश्वास व्यक्त गरे । ‘हामीले कोभिड–१९ र भूकम्पजस्ता विषयलाई पनि सम्झनुपर्छ । तर हामी तोकिएकै समयमा परियोजना सक्छौं,’ उनले भने । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार