असार २४, २०८२ मंगलबार July 8, 2025

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोग गर्न गएका किसानहरु र प्रहरीबीच शनिवार अपरान्ह झडप भएको हो ।

काठमाडौं तराई द्रुतमार्गको जग्गामा रोपाँई गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । तर, किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले आज रोपाँई गरेको बताएका छन् ।

प्रहरीले असार १५ गतेपनि उनीहरुलाई रोपाईँ गर्न रोकेको थियो । किसानहरुले भने मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । आज किसानहरुले संयुक्त रोपाई गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया